काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रहयोगशालामा गरिएको १९ हजार ९८७ पीसिआर विधि र ४९५ एन्टिजेन विधि गरी २० हजार ४ सय ८२ नमुना परिक्षणमा ९१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी ,२४ घण्टामा कोरोना संक्रमणबाट थप ५० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ३ हजार ५ ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९०५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।