कोरोनाबाट कुशेश्वर उच्चमाविका पूर्व प्रधानाध्यापकको मृत्यु

काठमाडौं । रामेछापको वेथानस्थित कुशेश्वर उमाविका पूर्व प्रधानाध्यापक बद्री कुमार खड्काको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । सोमबार काठमाडौंको सुकेधारास्थित फेमिली कम्युनिटी अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् ।

लामो समय शिक्षण पेशामा संलग्न खड्का अवकाशपछि सुनपती गाउँपालिका–५ स्थित डाँसेमा रहेको घरमा बस्दै आएका थिए । केही दिनअघि काठमाडौंमा विवाहमा सहभागी हुँदा उनलाई कोरोना संक्रमण भएको थियो । संक्रमणपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार