कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एकैदिन श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । लम्किचुहा नगरपालिका–६ गुलराका ६३ वर्षीय करण सिंह साउद र ५८ वर्षीया उनकी श्रीमती अम्बिदेवी साउदको कोरोना संक्रमणबाट सोमबार राति मृत्यु भएको छ ।
साउद नेपाली कांग्रेस वडा नम्बर ६ का वडा सभापति हुन् । श्रीमान धनगढी र श्रीमती टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरुको आज कर्णाली चिसापानीमा दाहसंस्कार गरिने भएको छ। नागरिक खबरबाट