काठमाडौं । नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको हो ।
आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ ।
यस्तै नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्ने उल्लेख छ । प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह समेत गरेको छ । नागरिक खबरबाट