कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा दुई मन्त्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई जना मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुमा गोपाल शर्मा र विन्दमान विष्ट रहेका छन् । शर्मा रुकुमपश्चिमबाट निर्वाचित भएका हुन् भने विष्टले सुर्खेतबाट चुनाव जितेका छन् । नियुक्त भएका मन्त्रीहरुको मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।

यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्रिपरिषद बैठकमा राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार