
धनुषा । प्रदेश नम्बर २ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको जनाएका हुन् । कोरोना महामारीलाई मध्यनजर गर्दै पोहोर झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत उनले गरेका छन् । रातोपाटीबाट