दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज नेप्से परिसूचक १०.१३ अंकले वृद्धि भएर २६८४.०१ विन्दुमा पुगेको छ । यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १.१२ अंकले बढेर ४७९.५० विन्दुमा पुगेको छ । बिहीबार व्यापार र होटल समूह बाहेकका सबै बैंक, फाइनान्स, बीमा, हाइड्रो लगायतका क्षेत्रहरु सकारात्मक रहेका छन् ।

कल २१८ कम्पनीको २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता सेयर ८६ हजार २९६ पटक कारोबार हुँदा बिहिबार अधिकतम ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी फाइनान्सिङ क्षेत्रले अधिकतम ४.६८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढि व्यापार र होटल तथा पर्यटन क्षेत्रले ०।६ प्रतिशतले गुमाएका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार