स्वास्थ्यमन्त्रीको गुनासो : कोभिडका गम्भीर बिरामीलाई सिनियर डाक्टरले हेरेनन्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमितको उपचारमा गम्भीर बिरामीलाई सिनियर डाक्टरहरुले नहेरेको बताउनुभएको छ ।

कोरोना संक्रमितको उपचारमा सिनियर डाक्टरहरु जिम्मेवार नबनेको आरोप समेत लगाउनुभएको छ । कोभिडको गम्भीर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै उहाँले त्यसो गर्न नहुनेमा सचेत पनि गराउनुभयो ।

कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका विषयमा विज्ञ तथा निजी क्षेत्रका व्यक्तिहरुसँग छलफलमा मन्त्री त्रिपाठीले मन्त्रालयले कोभिडको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यका पहिलेका कर्मचारीलाई फर्किन आग्रह गरिएको पनि बताउनुभयो।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले तदारुकताका साथ काम गरिरहेको दावी समेत सो क्रममा उहाँले बताउनुभयो । यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने जारी निषेधाज्ञालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । घरमा आईशोलेसनमा बस्दा संक्रमण फैलिने खतरा भएकाले आइसोलेसन सेन्टरको संख्या बढाउनुपर्ने उहाँले बताउनुभयो ।

परीक्षणको दायरा बढाउनुपर्ने, आइसियु र भेन्टिलेटरको जनशक्ति बाहिरी जिल्लामा पनि पठाउनुपर्ने तथा हाई फ्लो अक्सिजन लिनुपर्ने बिरामीको लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने व्यवस्था समेत गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । संकटको समयमा अक्सिजन सिलिन्डर गायब पार्ने काम भएको भन्दै उनले प्रशासनले सिलिन्डर खोज्नुपर्ने पनि बताउनुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार