दाङ । तुलसीपुरबाट बसमा काठ तस्करी गरेको आरोपमा सात जना पक्राउ परेका छन्।तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित भगवती टोलबाट रा१ख २३७५ नम्बरको बसबाट प्रहरीले ३६.७२ क्युफिटसहित मंगलबार बिहान सात जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तुलसीपुर ६ का १८ वर्षीय विजय चौधरी, सोही वडाको बनकट्टा बस्ने २६ वर्षीय शिव परियार, सोही ठाउँका ३२ वर्षीय समिर परियार, २० वर्षीय सन्तोष चौधरी, सोही ठाउँका बसका चालक ३१ वर्षीय चुमानसिंह चौधरी, २० वर्षीय मनोज चौधरी र २७ वर्षीय श्यामलाल चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
उनीहरूको साथबाट काठ चिर्ने एउटा फलामे आरा समेत बरामद भएको प्रहरीले जनाएको छ।पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीको लागि सव डिभिजन वन कार्यालय तुलसीपुरलाई बुझाइएको प्रहरीले जनाएको छ। सेतोपाटीबाट