म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि,निको भए २९

बेनी । म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धवलागिरी गाँउपालिकामा ९ जना र पर्वतको जलजला गाउँपालिकामा २ जना गरी ३६ जना (पिसिआर विधिबाट) र बेनी नगरपालिकामा १ जना , मंगला गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा १६ जना र रघुगंगामा गाँउपालिकामा १८ जना गरी जम्मा ३६ जना (एन्टिजेन विधिबाट) रहेका छन् ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १०६६ जना पुगेको छ । संक्रमित मध्य पिसिआरबाट ८८३ जना र एन्टिजेनबाट गरिएको परिक्षणमा गरिएको परिक्षणमा १८३० जना पहिचान भएका हुन् । आज २९ जना संक्रमित निको भएका छन् । छ भने जिल्लामा ४५० जना सक्रिय संक्रमित रहेका छन् । अझै ८१३ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार