त्रिशूली अस्पताललाई एक हजार २०० सिलिन्डर अक्सिजन सहयोग

काठमाडौं । कोरोना रोकथामका लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २ सय सिलिन्डर अक्सिजन सहयोग गरेको छ ।

राष्ट्रिय उद्योग व्यवसायी महासंघ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कडेँल र व्यवसायी दिनेश ढकालले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, नेकपा (एमाले) नुवाकोटका सचिव काशीराज अधिकारीसहितसँगको छलफलपछि सिलिन्ढर हस्तान्तरण सुरु गरेका हुन् ।

मन्त्री पाण्डेले र महामारीका समयमा सहयोग गरेकामा धन्यवाद दिँदै उद्योगी व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गरिने बताए । नुवाकोटकको ककनीस्थित उक्त उद्योगले नेपालकै सम्भवतः बढी दैनिक ७ सयदेखि ७ सय ५० सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ ।

महत्वपूर्ण व्यवसायिक व्यक्तित्व (सिआइपी) को सम्मानप्राप्त कँडेल उक्त उद्योगको संस्थापक अध्यक्ष हुन् । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अक्सिजन अभावका कारण कुनै पनि जिल्लाबासीको ज्यान नजाओस् भन्ने सोचेर सहयोगका लागि प्रोत्साहन गरिएको हो ।

उक्त सहयोगबारे शनिबार नै अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेण्डेन्ट डा दीपेन्द्र पाण्डेलाई जानकारी गराइएको थियो । उक्त सिलिन्डर दैनिक १०र१० का दरले पठाइनेछ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार