सुनसान गलेश्वर

बेनी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको (निषेधाज्ञा) लकडाउनले सुनसान रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम । जिल्लाकाे बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामका रुपमा परिचित छ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रहु र कालीगण्डकी नदीको पवित्र सङ्गममा पर्दछ ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । श्रीमद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको लिखित दस्तावेजमा उल्लेख भएको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार