बैतडीमा किशोरको नदीमा नुहाउने क्रममा मृत्यु

धनगढी । बैतडीमा नदीमा नुहाउने क्रममा एक किशोरको मृत्यु भएको छ । मंगलबार बिहान महाकाली नदीमा नुहाउन गएका शिवनाथ गाउँपालिका-१ पुण्लगाउँका १७ वर्षीय महेश साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी आफन्तको मलामी गएका बेला नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिसशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा खोजी गर्दा उनी बुधबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार