धवलागिरी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका घर भई हाल काठमाडौंमा बस्दै आएका महिलाहरुले गाउँपालिकालाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । काठमाडौंमा बस्ने धवलागिरीका महिलाहरुद्धारा स्थापित उपकार आमा समुहले गाउँपालिकालाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । आमा समुहको एक लाख रुपैयाँ आर्थिक सहयोगमा गाउँपालिकाले थप गरेर एक लाख एघार हजार एक सय १० रुपैयाँ बरारबको स्वास्थ्य सामग्री गरिद गरेर गाउँपालिकालाई उपलब्ध गराइएको हो ।

सो समुहले मालिका गाउँपालिकालाई पनि पचास हजार रुपैयाँ सहयोग गरेको थियो । कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमित विरामीको उपचारमा सघाउने उद्धेश्यले सहयोग गरिएको उपकार महिला समुहकी अध्यक्ष चन्द्रमनि जुग्जालीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले सहयोगप्रति आमा समुहलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले उक्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार प्रयोग गर्ने बताउनुभयो । उहाँका अनुसार कोरोना रोकथाम तथा नियन्त्रण र विरामीको उपचारका लागि गाउँपालिकाले दश बेडको आइशोलेसन वार्ड र पाँच शय्याको अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको छ ।

गाउँगाउँपालिका आफैले खरिद गरेर ल्याब संचालनमा ल्याएको अध्यक्ष पुनले बताउनुभयो । समुदाय स्तरमा कोरोना संक्रमदर फैलिन नदिन गाउँपालिकाले स्थानीय स्तरमा स्वाब संकलन गरी परिक्षणको दायरा बढाएको छ भने कोरोनाबाट बच्न सचेतना अभियान पनि संचालन गरेको छ ।यसैगरी, म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंमा बस्ने क्याप्टेन जित बहादुर घर्तिले पनि पचास हजार रुपैयाँँ बराबरको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार