बागमती प्रदेशमा कोरोनाका संक्रमणबाट एकै दिन २० जनाको मृत्यु

हेटौंडा । कोरोना संक्रमणबाट बागमती प्रदेशमा एकैदिन थप २० जनाको मृत्यु भएको छ । योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ४४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा गरी ९ जना महिला र ११ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार, मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौंमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् ।

त्यस्तै कोरोना संक्रमणका कारण ललितपुरमा ४ जना, रामेछापमा ३ जना, काभ्रेमा २ जना, धादिङ, नुवाकोट र भक्तपुरमा १र१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ३७ देखि ८४ वर्ष उमेर समुहका व्यक्तिहरु रहेको मन्त्रालयले जानकारी दिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार