धादिङ अस्पताललाई नेशनल माइक्रोफाइनान्सद्धारा २ लाख ५० हजार सहयोग

धादिङ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले धादिङ अस्पताललाई दुई लाख ५० हजार नगद सहयोग गरेको छ । बढ्दै गएको कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापनका लागि अति आवश्यक सामग्रीहरु व्यवस्थापनका लागि सहयोग गरेको हो ।

धादिङ अस्पतालमा नै उपस्थित भएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला र मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झालाई माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले चेक हस्तान्तरण गर्नुभएको हो । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राप्त भएको सहयोग रकमले कोभिडका बिरामीहरुको उपचारमा खर्च गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धमलाले बताएउनुभयो।

फाइनान्सले यसअघि कोरोना भाइरस रोकथामका लागि संघीय र स्थानीय सरकारले स्थापना गरेको कोरोना कोषमा ६० लाख रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै खाद्य संकट भोग्दै आइरहेका धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ का चेपाङ समुदायमा एक लाख ५० हजार बराबरको खाद्यन्न सामग्री सहयोग गरेको थियो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार