प्रधानमन्त्री ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिनेनरोत्तम वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले माग गरेको छ ।

सोमबार उनीहरुले गृहमन्त्री खगराज अधिकारीलाई भेटी उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले सोमबार गृहमन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

आफ्नो सांसदले आपत्तिजना अभिव्यक्ति दिँदा पनि नेपाली कांग्रेसले अझै मौनता साँधेको भन्दै उनीहरुले विरोध जनाएको छ । ‘कांग्रेस हत्या हिंसामा विश्वास नगर्ने पार्टी हो भने र संसदीय मूल्य मान्यता र संसदको गरिमा कायम राख्न निज वैद्यलाई अविलम्ब सांसद पदबाट हटाउन माग गर्दछौं’ ज्ञापनपत्रमा भनिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार