बाढी पहिरोबाट बागलुङमा १३ घर विस्थापित

बागलुङ । बर्षासँगै आएको पहिरोका कारण बागलुङमा बुधवार बिहान सम्म १३ परिवार विस्थापित भएका छन् । शनिबार साँझदेखि परेको अविरल बर्षाको कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिक, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर परिवार बिस्थापित भएका हुन् ।

जैमिनी नगरपालिका– ७ जैदीका ८ परिवारले पहिरोको जोखिम भएपछि घर छोडेको प्रहरीले जनाएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन् । बस्ती तलबाट पहिरो जान थालेपछि जैदीका ८ घर पहिरोको उच्च जोखिममा परेको स्थानीय रेशम गिरीले जानकारी दिनुभयो । उहाँले पहिरोको कारण पीडित घर परिवार आफन्तको आश्रय लिन बाध्य भएको जानकारी दिनुभयो ।

पहिरोको कारण कालिदास शर्मा, लेखनाथ शर्मा र दिपक शर्माको परिवार आफन्तको आश्रय लिएर बस्न बाध्य भएका हुन् । अन्य परिवारका सदस्यहरु अन्य अन्यत्र रहेको आफ्नै अस्थायी बासोबास गर्ने घरमा सरेका छन् । घर पहिरोको उच्च जोखिममा परेपछि घरमा रहेका भाँडा, लत्ता कपडा समेत सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक माथिबाट आएको पहिरोको कारण तीन घर विस्थापित भएका छन् । रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्ड अन्तरगत जिरेदीको कालिका मन्दिरदेखि गगनपानी सम्मको सडकमा माथिबाट खसेको पहिरोको सडक माथि र सडम मुनिका तीन घर विस्थापित भएको स्थानिय भुमिराज शर्माले जानकारी दिनुभयो ।

सोमबार विहान २ बजेदेखि लगातार पहिरो खसिरहेकोले सडक माथिका कृष्ण जिसी, बल बहादुर जिसी र सडक मुनीको चित्र बहादुर कार्कीको घर उच्च जोखिममा परेको वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । वर्षा र पहिरो नरोकिएकाले पहिरोले घर पुर्न सक्ने भएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मंगलबार ढोरपाटन नगरपालिकामा दुई घर पहिरोको जोखिममा परेका छन् ।

ढोरपाटन नगरपालिका–९ नबि गाउँका ३९ वार्षिय मिनबहादुर बिक र ३३ वर्षिय मनरमा बिकको घर पहिरोको उच्च जोखिममा परेको छ । घरदेखि करिब १० मिटरमाथीबाट पहिरो खसेपछि घर उच्च जोखिममा परेको हो । पहिरोको उच्च जोखिममा घर परेपछि दुई घर परिवारका ७ जनाले आफन्तकोमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।dhorpatannews बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार