वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकामा शङ्कास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । शव विश्रामपुर-२ बस्ने अन्दाजी २६ वर्षीय भादो बैठाको रहेको प्रहरीले जनाएको छ ।
बरैनिया बजार जाने बाटोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहनुभएका डीएसपी मिश्रले युवकको हत्या भएको जस्तो देखिएको बताउनुभयो । ‘मृतकको शरीरमा निलडाम देखिएको छ, हत्या भएको हो कि भन्ने आशङ्का छ,’ उहाँले भन्नुभयो , ‘शव पोष्टमार्टमका लागि अस्पताल पठाउँछौं, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्छ ।’ अनलाइनखबरबाट