मकवानपुरमा कोरोना संक्रमणबाट १२० जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा हालसम्म १ सय २० कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा मकवानपुरमा ३३ हजार ६ सय ८९ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पहिले कोरोनाको संक्रमण धेरै भए पनि अहिले भने घट्दै गएको छ ।

हेटौडा उपमहानगरपालिकामा कोरोना संक्रमित धेरै जना देखापरेका छन् । जिल्लाका अरू नौ स्थानीय तहमा भने कोरोना संक्रमण हेटौँडाको तुलनामा कम रहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार