मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदूरको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल विराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् । आज दिउँसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागेर गम्भिर घाइते भएका आलमको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार