कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले मंगलबार साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।

परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुने छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म सञ्चालन हुने छ । विद्यार्थीहरुले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना महामारीले गर्दा लगाइएको निषेधाज्ञाका कारण स्थगित भएको थियो ।

यसवर्ष १ सय पूर्णाङ्क रहने गरी नै परीक्षा भौतिक उपस्थितिमा गर्ने बोर्डले निर्णय गरेको हो । गत वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएको र बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार