नेप्सेमा ४५ अंकको गिरावट

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४५ अंक माथिको गिरावट आएको छ । उता विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतद्वारा पुनःस्थापना हुँदै गर्दा आज यता सेयर बजारमा भने अधिकतम ४५.०६ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ४५.०६ अंकले गिरावट आउँदै २ हजार ८५४.७७ विन्दुमा झरेको हो । जबकी गत आइतबार लामो समयको मौनता तोड्दै नेप्से परिसूचक अधिकतम ७३.३३ अंकको बृद्धि हुँदै २ हजार ८९८.४३ विन्दुमा पुगेको थियो ।

त्यसो त नेप्सेका अनुसार आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८.६२ अंकले घटेर ५३४.८१ विन्दुमा झर्न पुगेको छ । यस दिन म्युचुअल फण्ड बाहेकका सबै जसो समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् भने कुल २२९ कम्पनीका २ करोड ६० लाख माथिको सेयर ९२ हजार १९२ पटक किनबेच हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार