१६.३४ अंक नेप्से बढ्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक १६.३४ अंकले बढेर २ हजार ८७१.०३ विन्दुमा पुगेको छ । गत सोमबार एकै दिन अधिकतम ४५.०६ अंककले घटेर २ हजार ८५४.७७ विन्दुमा झरेको नेप्सेमा मंगलबार १६ अंकमाथिको स्तरोन्नती भएको हो ।

नेपाल स्टक एक्सचेन्सका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुका सेन्सेटिभ इन्डेक्स समेत ४.७४ अंकले बढेर ५३९.५१ विन्दुमा पुगेको छ । तथापि, यस दिन यता नेप्से परिसूचक अधिकतम १६.३४ अंकले बढिरहँदा उता सेयर कारोबार भने साढे ५ अर्ब रुपैयाँ बराबरको मात्र भएको छ ।

नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका एक रोड २३ लाख माथिको सेयर ५३ हजार १३९ पटक किनबेच हुँदा जम्मा ५ अर्ब ५४ करोड ६३ लाखको कारोबार भएको छ । यस दिन जीवन बीमा समूह बाहेक अन्य सबै समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार