बनेपाबाट नगदसहित ११ जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले बनेपाबाट ११ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। बनेपा नगरपालिका-१४ खालचौरस्थित थोप्चन तामाङको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रेका कृष्ण केसी, खड्गसिंह लामा, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, हिरा लामा, चन्द्र लामा, थर्कमान लामा, किशोर अधिकारी, छिरिङ लामा र भक्तपुरका दीपब बस्नेत छन्।

मंगलबार अपराह्न साढे ५ बजे प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो। जुवा खालबाट सात लाख १५ हजार ३५ रूपैयाँ फेला परेको काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो।

तामाङको घरको अन्डरग्राउन्डमा उनीहरू जुवा खेलिरहेका थिए । उनीहरूलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान थालिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार