अवैध रक्सी कारखानाका सञ्चालक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित ज्याँठामा अवैध रूपमा मदिरा बनाउने कारखानामा प्रहरीले छापा मारेको छ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित ज्याँठामा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो। अनुमति नलिई अवैध रूपमा घरेलु मदिरा बनाइरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको हो।

‘घरेलु मदिरा कुनै अनुमति नलिई ठूलो परिणाममा बनाइरहेको छ भन्ने सूचना पाएपछि हामीले निगरानी गरेका थियौं,ु’उहाँले भन्नुभयो। उक्त कारखाना एक चिनियाँ नागरिकले चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।

प्रहरीले ती चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।त्यहाँ मेसिन नै राखेर रक्सी बनाउने गरेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो। एक-डेढ सय ड्रम रक्सी पनि बरामद भएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले पक्राउ परेका चिनियाँ नागरिक थप अनुसन्धान गरिरहेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार