एसिड प्रहार गरेर भागेका व्यक्ति पक्राउ

काठमाडौं । सुनसरीमा एसिड प्रहार गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर सुनसरी लगिएको सुनसरीका एसपी सञ्जयसिंह थापाले बताउनुभयो ।

साउन २२ मा राती धामीले २८ वर्षीया पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न खोजेको एसिड लागेर छिमेकी ४३ वर्षीया श्यामकुमारी धामी घाइते भएकी थिइन् । चुरोटको विषमा विवाद हुँदा छिमेकीको शरणमा पुगेकी श्रीमतीलाई रोमनरामले लखेटेर एसिड हान्ने प्रयास गरेका हुन् । छुट्याउन खोज्दा २१ वर्षका सुमनराज धामी र १९ वर्षीय सुजनराज धामी समेत एसिडको छिटा लागेर घाइते भएका थिए ।

एसिड परेर गम्भिर घाइते भएकी श्यामकुमारीको विराटनगर स्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ । आरोपमाथि एसिड आक्रमण विरुद्धको कसुर, कुटपिट र अंगभंग सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी थापाले बताउनुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

गाउँपालिकाका वडा सचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । ५३ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नुवाकोटका एक वडासचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले शुक्रबार काठमाडौंको विशेष अदालतमा पञ्चकन्या गाउँपालिका–२ का वडासचिवसहित तीन जनाविरूद्ध…

thumbnail

अमेरिकन ब्राण्डको ‘थ्रीएम’ नक्कली मास्क बजारमा, चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकन ब्राण्ड ‘थ्री एम’ का नक्कली मास्क बिक्री वितरण गरेको पाइएको छ । नक्कली ब्राण्डका मास्क विक्री गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिपुरेश्वरस्थित महालक्ष्मी…

thumbnail

बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

मोरङ । मोरङमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर…