पत्रकार हुँ भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले ‘पत्रकार हुँ’ भन्दै ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेका छन्।

‘एक टेलिभिजनको सुर्खेत संवाददाता हो भनेर उनीहरुले परिचय दिएको खुलेको छ,’ उहाँले भन्नुभयो ,‘ उनीहरुले आफ्नो कम्पनीमा सेयर खुलेको भनेर ठगी गरेको पाइएको छ ।’ घर्तीले पक्राउ परेका दुवै जनामाथि ठगी मुद्दा चलिरहेको बताउनुभयो । ठगी मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी घर्तीले जानकारी दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार