माओवादी स्थायी कमिटी बैठकले गर्‍यो दुई निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आज दुई निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो ।

साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुने मन्त्रीको नाम भने भोली बस्ने स्थायी कमिटी बैठकले टुंगो लगाउने भएको छ । भोलि दिनको ३ बजे बस्ने बैठकले मन्त्रीको टुंगो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार