माधव नेपाल समूहलाई सरकारमा ल्याउन देउवाले दिए प्रचण्डलाई जिम्मेवारी

काठमाडौं । नेकपा (एमाले)को माधव कुमार नेपाल पक्षलाई सरकारमा ल्याउन प्रधानमन्त्री शेर बहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड”लाई विशेष जिम्मेवारी दिएका छन् ।

देउवा, प्रचण्ड र उपेन्द्र यादबीच सोमबार साँझ बालुवाटारमा भएको बैठकले प्रचण्डलाई माधव नेपाल मिलाउने विशेष जिम्मेवारी दिइएको हो । सोहीअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज वार्ता भएको छ । नेपाल निकट कोटेश्वरकै एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न प्रचण्ड पुगेका थिए ।

नेपालको निर्णय नआएका कारण मन्त्रिपरिषद् विस्तारसमेत रोकिएपछि देउवाले विशेष जिम्मेवारी दिएका हुन् । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता गराउने प्रयास गरिरहेकाबेला प्रचण्ड कोटेश्वर आएका हुन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार