बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–३ बासुदेवमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१५ का ४१ वर्षीय लालबहादुर चौधरी छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले चौधरीको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार