स्रोत नखुलेको २७ लाख नगदसहित दुईजना पक्राउ

नवलपरासी । बर्दघाट नगरपालिका-१२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रूपैयाँ र १८ लाख ५० हजार नेपाली रूपैयाँसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका-२ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खान रहेका छन्। लु१६ प ३७२९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त रकम फेला पारेको हो।

उनीहरूलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम)ले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार