एक साताका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । यही साउन २६ गते मंगलबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जनाउनुभएको छ ।

आजको बैठकको कार्यसूचीमा खास एजेण्डा नभएपनि अधिकांश सांसदहरुले बैठकको शून्य र विषेश समयमा जनसरोकारका कुरा उठाएका थिए ।

दार्चुलाको ब्यास गाउँपालिका वडा नंबर २ मा महाकाली नदी तर्ने क्रममा यही साउन १४ गते भारतीय सुरक्षाबलले तुइन काटिदिएपछि बेपत्ता भएका जयसिंह धामीको घटनाबारे छानविन गर्न, दोषीलाई कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सांसदहरुले माग गरेका छन् ।

संसदमा गृहमन्त्री बालकृष्ण खाणँले सरकारले ५ सदस्यीय छानविन टोली बनाएको र १० दिनभित्रमा प्रतिवेदन आउने बताउनुभयो । उहाँले प्रतिवेदनमा आएको तथ्यलाई सरकारले कडाईका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार