विभिन्न लागु औषधसहित चारजना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्‍न लागु औषधसहित चारजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका ९ का ४५ वर्षीय जितेस प्रसाद श्रीवास्तव, काठमाडौं महानगरपालिका ३ का ३२ वर्षीय विमल श्रेष्ठ, हेटौंडा उपमहानगरपालकिा-११ का २१ वर्षीय डेनिएल तामाङ र हेटौंडा उपमहानगर-४ कै २७ वर्षीय विकास देउला रहेका छन् ।

वीरगञ्जमहानगरपालिका-१६ बसपार्क स्थित कार्यालय मातहत वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार दिउँसो २:३० बजे १०० एमएलको २३१ बोतल लागुऔषधसहित जितेस प्रसाद श्रीवास्तवको साथबाट बरामद गरेको छ ।

यस्तै साउन २० गते वीरगञ्‍ज महानगरपालिका-१६ शंकराचार्यबाट काठमाडौं सितापाइलका ३२ वर्षीय विमल श्रेष्ठ र हेटौंडाका २१ वर्षीय डेनियल तामाङको साथबाट स्कुटीको डिकीमा लुकाएर ल्‍याएको लागु औषध नुर्फिन ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र फेनारगन ३० गरी ९० एम्पुल प्रहरीले बरामद गरेको छ ।

यस्तै साउन २१ गते बिहीबार वीरगञ्‍जको जयन्तीचोकबाट हेटौडाका २७ वर्षीय विकास देउलाको साथबाट कोडिन फस्फोट सिरफ १०० एमएलको ३३ बोतल, नाइट्राभेट ७५ ट्याबलेट र स्पाकोर भोनप्लस ८ प्रहरीले बरामद गरेको जनाएको छ । पक्राउ परेका उनीहरुलाई लागु औषधसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार