जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप आइपुग्यो (तस्बिर सहित )

काठमाडौँ । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

                                   तस्बिर :UNICEF Nepal

मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको ८ लाख डोज खोप पनि अर्को साता नेपाल आउने सम्भावना रहेको छ।भुटानबाट पनि शुक्रबार २ लाख ३० हजार डोज एस्ट्राजेनेकाको खोप नेपाल आइसकेको छ।जापानी राजदूत किकुता युताकाले विमानस्थलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गर्नुभएको थियो ।

                                             तस्बिर :UNICEF Nepal

जापान सरकारले सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब आधा (८लाख डोज) शनिबार र आइतबार आइपुग्ने भएको हो । बाँकी ८ लाख खोप भने कहिले आउँछ भन्ने विषयमा खुलाइएको छैन ।

                                      तस्बिर :UNICEF Nepal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार