सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यक्रमा गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।

सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने उल्लेख छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सिंहदरवारबाट सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

सत्ता गठबन्धनको शान्ति प्रक्रियाको पूर्णतासहित शान्ति सुव्यवस्था र सुशासन तथा सामाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेको छ । यही न्यूनतम साझा कार्यक्रमलाई संयुक्त घोषणापत्रका रुपमा कार्यन्वयन गर्ने गरी सत्ता गठबन्धनका दलहरुले न्यूनतम साझा कार्यक्रम बनाएर लागु गर्ने तयारी गरेका हुन् ।

न्यूनतम साझा कार्यकममा सरकारका प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको सम्बर्द्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतन्त्रको सुदृढीकरणसहित ११ बुँदा समेटिएका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार