भूमि आयोग विघटनविरुद्धको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध विघटित आयोगका देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको सो मुद्दामा ज्ञवालीसहित अधिवक्त प्रवेश केसीलगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुँदै छ ।

आयोग विघटन गैरकानुनी र संविधानविपरीत रहेको दाबी गर्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए भने केसीले सोही विषयमा शुक्रबार नै दर्ता गराएका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार