गगन थापाले मागे कक्षा १२ को परीक्षा स्थगित गर्नुको कारण

काठमाडौं । नेपाली कांग्रेसको युवा नेता तथा प्रतिनिधिसभाको सांसद गगन कुमार थापाले कक्षा १२ को परीक्षा स्थगित गर्नुको कारण माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै १२ को परीक्षा स्थगित हुने र अन्य परीक्षा सञ्चालन हुने कारण के हो भनेर सोधेका छन् ।

उनले भनेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन रु यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ?’

उनले यो विषयमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले कारण दिनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार