झण्डै दुई किलो चाँदीका गहनासहित एक पक्राउ

काठमाडौं । करिब दुई किलो चाँदीका गरगहनासहित प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले पर्सा जगन्नाथपुर गाउँपालिका-२ बाट एक किलो ९७० ग्राम गहनासहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जगन्नाथपुर-२ का १९ वर्षीय सोनुकुमार सोनार रहेका छन्।

शंकास्पद रुपमा हिँडिरहेका उनले बोकेको ब्यागभित्र चाँदीका गहना फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । सोनारलाई आश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको खनाले बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार