पुरानो पाठ्यक्रमलाई निरन्तरता दिन माग गर्दै लुम्बिनी क्याम्पसमा तोडफोड

काठमाडौं । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा त्रिविको पुरानै पाठ्यक्रमलाई निरन्तरता दिन माग गर्दै आएका विद्यार्थी संगठनहरुले तोडफोड गरेका छन् । आज बिहान मोटरसाइकलमा आएका नेविसंघ र अखिलका नेता–कार्यक्रर्ताले क्याम्पसमा तोडफोड गरेका हुन् ।

उनीहरुले लामो समयदेखि त्रिविको पुरानै पाठ्यक्रमलाई नै निरन्तरता दिन माग गर्दै विरोधका कार्यक्रमहरु गदै आएका थिए ।उनीहरुले यसअघि सञ्चालनमा आएको बिबिएस र एमबिएसका पठनपाठन चलाउन र एमबिए, बिबिए, एमबिएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गर्दै आएका थिए । नेविसंघ र अखिल क्रान्तिकारीले क्याम्पस भवनको झ्यालमा रहेको सीसा फुटाउनुका साथै विभिन्न सामाग्री तोडफोड गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

विद्यार्थीहरुले लेखा शाखा, परीक्षा शाखालगायतमा तोडफोड गरेका छन् । ती शाखामा रहेको कम्प्युटर, कुर्सी तोडफोड गर्नुका साथै महत्वपूर्ण कागजातसमेत भुइमा फालिदिएका छन् ।गत साउन ८ गते नेविसंघ, अखिल(क्रान्तिकारी), अखिल छैटौं र अखिल क्रान्तिकारीले संयुक्त रुपमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार