रोल्पामा खोलाले बगाउँदा एक युवकको मृत्यु

रोल्पा । रोल्पामा खहरे खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ। मंगलबार बेलुका खहरेखोलाले बगाएका एक युवाको शव बुधवार बिहान प्युठानमा फेला परेको हो।

रोल्पा प्रहरीका अनुसार लुङग्री गाउँपालिका ७ हार्जङका ३२ वर्षीय ओम प्रकाश पुनको मृत्यु भएको हो। जैमाकशलाबाट घर जान ४ बहिनी संगै हिडेका पुनलाई मंगलवार साझ दुर्गिवास खोलाले बगाएर बेपत्ता बनाएको थियो।

घटना बारे बुधवार बिहान खबर पाएको प्रहरीले खोजी गर्दै जादा स्वर्गद्वारी नगरपालिका नगरपालिका ५, प्युठानको माडि खोलामा शव भेटिएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताउनुभयो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार