पोखरामा खुल्यो स्कोडा गाडीको शोरुम

पोखरा । जर्मनी प्रविधिको स्कोडा गाडीको शो रुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एसएसएल मोटर्स प्रालि स्कोडाको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बनेको हो ।

स्कोडाका लागि नेपालको आधिकारिक वितरक मोरङ अटो वर्क्स (एमएडब्लु) इन्टरप्राइजेजले एसएसएल मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो । डिलर सुरु गरेसँगै प्रालिले स्कोडाको बहुप्रतिक्षित स्पोर्टी युटिलिटी भेइकल (एसयुभी) कुशाक बिक्री पनि सुरु गरेको हो ।

स्कोडाको बहुप्रतिक्षित एसयुभी कुशाकको बुकिङ पनि सुरु गरिसकेको एसएसएल मोटर्स प्रालिका निर्देशक सूर्यप्रसाद बरालले जानकारी दिनुभयो । उहाँका अनुसार स्कोडाको कुशाक एसयूभी २ साता अगाडि मात्रै नेपाली बजारमा सार्वजनिक भएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध हुने स्कोडा कुशाक सबै गरी ५ भेरिएन्टमा बजारमा उपलब्ध छन् ।

स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभम्यानुअल ट्रान्स मिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

रोबस्ट र मस्कुलर लुक रहने कुशाकले नेपाली एसयुभी प्रेमीको मन जित्ने कम्पनीले अपेक्षा गरेको छ । कुशाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फगल्याम्प छ । रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल छ । पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्याप–अराउन्ड एलडी टेललाइट छ ।

सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम छ । इएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो ।

स्कोडा कुशाकमा १.० लिटरको टिएसआई इन्जिन हुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ । टिएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार