१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

सुनसरी । सुनसरीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको हरिनगरा गाउँपालिका-६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार