मौद्रिक नीति आज सवा ४ बजे सार्वजनिक गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । शुक्रबार दिउँसो ४ बजे सार्वजनिक गर्ने नीति बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पास गरेको छ ।

गर्भनर, डेपुटी गर्भनर तथा कार्यकारी निर्देशकहरु बिहीबार राति अबेरसम्म बसेर तयार गरेको मौद्रिक नीति राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पास गरेको हो । उक्त नीति दिउँसो सवा ४ बजे गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिनुभयो ।

यसअघि राष्ट्र बैंकले साउनको पहिलो साता नै मौद्रिक नीति जारी गर्ने तयारी गरे पनि सरकार परिवर्तन भएको र अर्थ मन्त्रालयसँग परामर्श गर्नुपर्ने भएपछि ढिलाइ भएको हो ।

मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले यसअघि मार्जिन लेन्डिङ्मा कडाइ गर्ने तयारी गरे पनि अहिले त्यसलाई नचलाउने भएको छ ।राष्ट्र बैंक स्रोतकाअनुसार ब्याजदर, स्प्रेडदरलगायत अधिकांश दरहरु मौद्रिक नीतिमा खासै फेरबदल गरिएको छैन । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार