आपतकालीन सहयोग संजालद्वारा अग्नी पीडित व्यवसायी शर्मालाई सहयोग

बेनी । आपतकालीन सहयोग सञ्जाल बेनी नगरपालिका– ६ अर्थुङ्गे म्याग्दीले बेनीका अग्नी पीडित व्यवसायी प्रमोद शर्मालाइ आर्थिक सहयोग गरेको छ ।शुक्रबार नगरपालिका– ६ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण सिं बानीयाँ मार्फत ७५ हजार ४३ रुपैयाँ शर्मालाइ प्रदान गरिएको हो । नगरपालिका– ६ अथुङ्गे निवासी शर्माले बेनीको न्युरोडमा संचालन गर्नुभएको रघुगंगा जुस कर्नर एन्ड डेरीमा गत मंगलबार बिहान अकस्मात आगलागी हुँदा पसल जलेर पुर्ण रुपमा नष्ट भएको थियो ।

आफ्नै गाउँबासीलाइ परेको बिपतमा थोरै भएपनि राहत पुगोस भनेर फेसबुकको म्यासेन्जरमा गु्रप संचालन गरि गाउँ, तथा देश बिदेशमा रहेका बेनपा ६ बासीहरुबाट उक्त सहयोग रकम संकलन गरिएको आपतकालीन सहयोग सञ्जालका संयोजक बसन्त बानीयाँले बताउनुभयो । बसन्त बानीयाँ, सुन्दर बानीयाँ लगाएतका युवाहरुको पहलमा दुइ दिनमा सो रकम संकलन गरिएको थियो । म्यासेन्जर गु्रपमा आब्हान गरे पश्चात सबै सहयोगी हरुले स्वतस्फुर्त रुपमा सहयोग गरेको संयोजक बानीयाँले बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष बानीयाँले यो संजाललाई बैद्यानिक रुपमै समिति बनाएर आपतकालिन कोष स्थापना गर्न सकिने बताउनुभयो । स्थानीय युवाहरुले गरेको यस कार्यको प्रशंसा गर्दै अध्यक्ष बानीयाँले हरेक महिना कोषमा रकम जम्मा गर्ने र वडा भित्रका जो कसैलाइ बिपत परेको बेला क्षेती अनुसारको रकम सहयोग गर्ने कार्यबिधि बनाउन आपतकालीन सहयोग सञ्जाललाइ अनुरोध गर्नुभयो । सहयोग रकम ग्रहण गर्दै ब्यबसायी शर्माले अकस्मात परेको पिडामा गाउँले दाजुभाइको यो सहयोगले राहत मिलेको भन्दै सहयोग गर्ने सबैलाइ धन्यबाद प्रकट गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार