माओवादी बैठक : एमसीसीबारे प्रष्ट पार्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे प्रष्ट पार्न माग गरेका छन् ।

शनिबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ‘एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीति अनुसार कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गर्ने’ मात्र भनिएको छ ।

तर समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै टोली नेताहरुले एमसीसीबारे प्रष्ट पार्न माग गरेका छन् । ‘कतिपयले एमसीसी सम्झौता खारेज गर्नुपर्छ भनेका छन्, कतिपयले परिमार्जनसहित पास गर्नुपर्छ भनेका छन्’ एक केन्द्रीय सदस्य भन्छन्, ‘अध्यक्षको प्रतिवेदन एकदमै छोटो छ । यसबारे प्रष्ट आओस् भनेका छौं ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार