बागलुङ । जिल्लाको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका—५ का दाँग घैयाबारीका २२ वर्षीय रेमश पाईजाका करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सिमाकमा फुपुको घरमा मोबाईल चार्च गर्ने क्रममा विद्युत सर्ट उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरीक कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।
सिमाक स्थायी घर भई दाँगमा डेरा गरेर बस्दै आएका पाईजा आफ्नो घरमा विद्युत नभएपछि श्रीमतीको फुपुकोमा मोबाईल चार्ज गर्न भनेर गएका थिए ।
मृतक पाईजाका श्रीमती र १८ महिनाकी छोरी रहेको बताईएको छ । घटनाबारे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र ग्वालीचौर प्रहरी चौकीबाट प्रहरीले टोली पुगेको थियो ।
उनको शव पोष्ट मार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । baglungpost बाट