नम्बर प्लेट बदलेर मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश-२-०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा गंगबुबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका-२, बोदल घर भई हाल दक्षिणढोका काठमाडौं बस्‍दै आएका २२ वर्षीय तेज थापा मगर रहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं। प्रदेश३-०२-०१० प ९४४६ खुल्न आएको छ ।

पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त, नयाँबानेश्‍वर पठाइएको महाशाखाका प्रवक्ता एसपी संजीव शर्मा दासले जानकारी दिनुभयो । उक्त नम्बरको मोटरसाईकल १० दिन अगाडीमात्र काठमाण्डौ, पेप्सीकोलाबाट हराएकोले खोजतलास गरी पाउँ भनी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा निवेदन दिएका थिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार