बेनी । म्याग्दीमा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा ४ जना पिसिआर बिधिबाट र बेनी नगरपालिकामा १ जना, रघुगंगा गाउँपालिकामा २ जना र मंगला गाँउपालिकामा २४ जना गरी जम्मा २७ जनामा एन्टिजेन बिधिबाट गरीएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।
यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ३१४६ जना पुगेको छ। (पिसिआरबाट १९६) जना र एन्टिजेनबाट ११८६०। जिल्लामा १२७ जना सक्रिय संक्रमित रहेका छन्। आज थप ८ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् ।