दुधेखोलामा आएको बाढीले एक घर बगायो,बस्ती उच्च जोखिममा

बेनी । म्याग्दीको बेनी नगरपालिका– ३,दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गयराती आएको भिषण वर्षा पछि खोलामा आएको बाढीले दुधेखोलाका स्थानीय दिपा पुनको घर बगाएको वडा सदस्य गेम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । नारायण पुनको गोठमा बाँधेर राखेको दुहुनो भैसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ ।

सोही बाढीका कारण बस्ती नै उच्च जोखिममा परेको छ । दुधेखोला बस्तीका ३३ घरधुरी उच्च जोखिममा परेको छन् । खानेपानीको पाइप ,खेलमैदान ,सिँचाई ,खेतीयोग्य जमिन बगाएको उहाँले बताउनुभयो ।वर्षा पछि एक्कासी खोलामा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । राती करिब साढे १२ बजेको समयमा खोलामा बाढी आएको वडा सदस्य घर्ति मगरले बताउनुभयो । खोलामा आएको बाढीका कारण म्याग्दीखोला समेत केही थुनिएको देखिएको छ । तस्बिर : छवि आचार्य

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार